arrow

मिस्टर काठमाडौँको उपाधि जितेको चार दिनमै प्रकाशको निधन

logo
न्यूस कारखाना,
प्रकाशित २०८१ असोज २ बुधबार
mister-kathmandu-81-5-30.jpg
तस्बिर : फाइल

काठमाडौँ। पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ। गत शनिवार मात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयाघातका कारण बुधवार बिहान निधन भएको हो।

स्वास्थ्यमा समस्या भएपछि तत्काल धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याइएको थियो। तर, उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।

मोरङको पथरी १ घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौँ जितेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ