arrow

कमलामाई मन्दिर [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ५ शनिबार
kamalamai-mandir-81-6-5-(13.jpg

सिन्धुली । सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये एक हो कमलामाई मन्दिर । यस कमलामाई मन्दिर सिन्धुली बजार क्षेत्रबाट करिब ८ किमी टाढा रहेको छ । 

माइस्थानसमेत भनिने चिनिने कमलामाई मन्दिर जिल्ला सदरमुकामबाट बहने गौमती खोला र कमला खोलाको संगम स्थलमा अवस्थित छ । यस मन्दिर बीपी राजमार्गमै रहेको छ । 

यातायातको साधनको सहज उपलब्धता तथा ऐतिहासिक तथा धार्मिक प्रतिष्ठाको कारण यस मन्दिरमा आउने भक्तजनहरुको ठूलो घुँइचो हुन्छ । 

कमलामाई मन्दिरको उत्पतिको सम्बन्धमा वास्तविक समय तथा प्रमाणिक कथनहरु भने अधुरै छन् । कमलामाई मन्दिरको धार्मिक प्रतिष्ठा ज्यादै उच्च छ । शुद्ध मनले दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासले कमलामाई देवीको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दो छ ।

यस मन्दिरमा मकवानी राज्यका राजाहरु देखि इतिहासका विभिन्न समयमा देखिएका शासन प्रशासकहरुले चढाएको वस्तुहरुमा लेखिएको अक्षरहरुबाट यस मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व थाहा हुन्छ ।

विसं १८८६ सालको माघ महिनामा चाँदीको मुकुट चढाउन तत्कालिन काजि भिमसेन थापा स्वयं कनिष्ट पत्नी भक्त कुमारीसहित आएको कुरा पनि उनले चढाएको चाँदीको मुकुटमा कुँदिएको छ । 

कमलामाई मन्दिरमा प्रायः सबै समयमा दर्शनार्थिहरुको भीड लाग्छ तर पनि माघ महिनाभर यहाँ पाठी वली दिने कार्य ब्यापक हुन्छ । 

माघे संक्रान्तिमा यहाँ ठूलो मेला लाग्दछ । यो मेला भर्न नेपाल तथा भारतकासमेत तीर्थालुहरु यहाँ आउँछन् । 

kamalamai-mandir-81-6-5 (1).jpg
kamalamai-mandir-81-6-5 (2).jpg
kamalamai-mandir-81-6-5 (3).jpg
kamalamai-mandir-81-6-5 (4).jpg
kamalamai-mandir-81-6-5 (5).jpg
kamalamai-mandir-81-6-5 (6).jpg
kamalamai-mandir-81-6-5 (7).jpg
kamalamai-mandir-81-6-5 (8).jpg
kamalamai-mandir-81-6-5 (9).jpg
kamalamai-mandir-81-6-5 (10).jpg
kamalamai-mandir-81-6-5 (11).jpg
kamalamai-mandir-81-6-5 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ