arrow

नारीका दश हात

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ असोज ५ शनिबार
beti-bajracharya-81-6-5.jpg

अहिल्या श्रापग्रस्त भइन् 
ढुङ्गामा परिणत उनी
त्रेतायुगसम्म पर्खनु पर्यो 
वर्तमान युगमा 
प्रत्येक नारीभित्र
अब अहिल्या बास बस्दैनन् 
समयले भनिरहेछ 
कमलनयनी नारी
भइसकेछ लौहनयनी
वर्णित गर्ने त्यो युगमा
कोमलङ्गी रूपवती
आगोको ज्वालाभित्र 
समय समयले नारीलाई
सतीप्रथाभित्र जलाइसकेर
क्रुर परीक्षण उत्तीर्ण गरिसकेर 
उनी यो युगको प्रतिबिम्ब
बनिसकेकी छिन्     
नारी आमा....
नारी भार्या...............
सबै पात्र भएर पनि  
युगदेखि आजको युगले 
हर नारीलाई अभयदानरूपी
दश हात प्रदान गरिसकेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ