arrow

जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
jymnastic-gandaki.jpg

पोखरा । गण्डकी प्रदेश जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र गुरुङ निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न प्रथम अधिवेशनले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सचिवमा श्रीष गुरुङ, सहकोषाध्यक्षमा सीता काफ्ले रेग्मी छन् ।

कार्यसमिति सदस्यमा थमन थापा, मनिष श्रेष्ठ, विनोद गुरुङ, रविन्द्र तझ्या, विक्रम केसी, नीरु भट्टराई, समीक्षा बुढाथोकी, विशाल पुन र दिलिप गुरुङ छन् ।

यसैगरी कास्की जिल्ला जिम्न्याष्टिक संघको अध्यक्षमा सोमबहादुर साई चयन भएका छन् । समिति उपाध्यक्षमा लक्ष्मण आचार्य, महिला उपाध्यक्षमा एनशोभा गुरुङ, सचिवमा गौतम चौधरी, कोषाध्यक्षमा सुर्वणराज पन्त, सहकोषाध्यक्षमा सरस्वती साई छन् ।

कार्यसमिति सदस्यमा रोशन पुन, सेजल जोजिजु, मीनबहादुर थापा, अंशु शेर्पा, दिपेश राना, रामबहादुर क्षेत्री, कमला गुरुङ र वालकुमारी गुरुङ छन् ।

निर्वाचन समिति संयोजक केशवशरण पौडेल तथा गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठक, जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य राजन वड्गामीले निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले जिम्न्याष्टिक संघको क्रियाशीलताले सुस्ताएको खेलले गतिशीलता पाएको बताए ।

गण्डकी प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य पाठकले १०औँ राष्ट्रिय खेलकुद महोत्वसवलाई लक्षित गरेर खेलाडी उत्पादन गर्न संघलाई आग्रह गरे ।

कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख सुनबहादुर लामाले सबै खेलको मदर खेलको रुपमा जिम्न्याष्टिक रहेकोले जिम्न्याष्टिक खेल खेलाउनका लागि व्यवस्थित हलको आवश्यकता रहेको औँल्याए ।

संघका सल्लाहकार केशवशरण पौडेलले संस्था गठन भएको छोटो समयमा उत्कृष्ट कार्य गरेको बताए ।

गण्डकी प्रदेश जिम्न्याष्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजु केसीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ