arrow

अन्तिम चरणमा न्यूरोडको फुटपाथ विस्तार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
newroad-footpath-81-6-6-(4).jpg

काठमाडौँ । न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा पुगेको छ । पटक पटकको विवादपछि अहिले भने कामपा २४ वडाको फुटपाथ विस्तार कार्य अन्तिम चरणमा पुगेको हो ।

उच्च अदालत पाटनका  न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै महानगरले फुटपाथ विस्तार गर्न बाटो खुलेको थियो ।

काठमाडौँ महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको थियो । तर सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गर्नुका साथै पछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।

यसरी सडक डिभिजन कार्यालय, वडा र स्थानीयहरुसँगको पटक पटकको विवाद पश्चात अहिले भने सो क्षेत्रको फुटपाथ फराकिलो बनेको छ ।

newroad-footpath-81-6-6 (5).jpg
newroad-footpath-81-6-6 (6).jpg
newroad-footpath-81-6-6 (7).jpg
newroad-footpath-81-6-6 (8).jpg
newroad-footpath-81-6-6 (9).jpg
newroad-footpath-81-6-6 (1).jpg
newroad-footpath-81-6-6 (2).jpg
newroad-footpath-81-6-6 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ