arrow

बहसमा विद्युतीय सामग्री प्रयोग

के मोबाइल, वाकिटकी जस्ता विद्युतीय सामग्री प्रयोगमा हामी सुरक्षित छौँ त ? [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
pheser-attack-nepal.jpg

काठमाडौँ । लेबलन र सिरियामा भएको मोबाइल, वाकिटकी, पेजर, रेडियो सेट विष्फोटपछि यसको प्रयोगमा सचेतना अपनाउन थालिएको छ । 

यस्ता विद्युतीय सामग्रीहरु प्रयोगले हामी कत्तिको सुरक्षित छौँ त भन्ने प्रश्नको खोजीसमेत व्याप्त भइरहेको छ । यसले संसारको भविष्यमाथि नैसमेत पनि डर पैदा भइरहेको छ । 

यसै सन्दर्भमा पूर्वाञ्चल क्याम्पस धरानका भौतिक शास्त्र विभागीय प्रमुख एवं उपप्राध्यापक रोहित दंगालसँग हाम्राकुराले छोटो कुराकानी गरेको छ । 

यो छोटो अन्तर्वार्तामा उपप्राध्यापक दंगालले पछिल्लो समय युद्धको पद्धति बदलिँदै जाँदा विद्युतीय सामग्रीहरु बमको रुपमा प्रयोग हुँदै आएको भन्दै सचेत हुनुपर्ने बेला आएको बताए ।

उनले संसार असुरक्षित बाटोमा हिँडेकोसमेत बताएका छन् । यस बारेमा राज्यले गम्भीर भएर विज्ञहरुसँग छलफलसँगै निकासको बाटो नखोज्ने हो भने आम मानिसमा पूरै नकारात्मक असर पार्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ