arrow

घाँटीबाट सुनको सिक्री लुट्ने दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
sunil-sailesh-pakrau.jpg

पोखरा । एक वृद्धा महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने दुई जना प्रहरी फन्दामा परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको शहीदलखन गाउँपालिका वडा नं. ९ का ३८ बर्षीय सुनिल विक र ललितपुरका ३७ वर्षीय शैलेश ताम्राकार छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गत भदौ २३ गते साँझ ५ बजेतिर गोरखा नगरपालिका वडा नं. ७ को काँडाघारीस्थित गोरखा बजारदेखि सतिपिपल जाने बाटोमा बाख्रा चराउँदै गरेकी गोरखा-६ छहरेकी ६३ वर्षीया दाउरीमाया रानाले लगाएको सिक्री उनीहरुले लुटेका थिए ।

रानाले करिब दुई तोलाको सिक्री लगाएकी थिइन् । स्कुटरमा त्यहाँ पुगेका सुनिल र शैलेशले सिक्री लुछेर चुडेर लिएर भागेका थिए ।

सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले सुनिल र शैलेशलाई आइतबार पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबै जनाबिरुद्ध चोरीसम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमतिसमेत लिई घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ