arrow

सहकारी ठगलाई समातेर प्रहरीमा बुझाइदिन रास्वपा कार्यकर्तालाई मुकुलको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
mukul-dhakal-rsp-gs.jpg
तस्बिर – फाइल ।

काठाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने सहकारी ठग भएको भन्दै उनको संरक्षण नगर्न पार्टी कार्यकर्तालाई आह्वान गरेका छन् । 

मुकुलले सामाजिक सञ्जालमा लेख्दै रास्वपा कार्यकर्ताहरुलाई रविको पक्षमा नलागी सहकारी ठग भएकाले प्रहरीलाई बुझाइदिन भनेका हुन् । मुकुलले पार्टी कार्यालयमा लुकेर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिन भनेका हुन् । 

हामीले पार्टी बनाएको भ्रष्ट ठग दलाल र अपराधीको संरक्षणका लागि हैन बल्की तिनीहरुको संरक्षण गर्दै विधिको शासन स्थापनाका लागि हो भन्दै ढकालले भनेका छन्, ‘पार्टी कार्यालयमा लुकेर तपाईहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस् ।’

यसो लेखेका छन् मुकुलले–
प्रिय रास्वपा मित्रहरु 
हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइनस बल्की तिनीहरुको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरुको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो । हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकी कानुनभन्दा माथी कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् । विधिको शासन स्थापना गर्ने बेला हो । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागी पार्टी प्रयोग हुनुहुँदैन, गर्नुहुँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ