arrow

जबरजस्ती करणीमा फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
bhim-sunar.jpg

पर्वत । जबर्जस्ती करणीसम्बन्धी कसूरमा फरार रहेका प्रतिवादीलाई पर्वत प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत पैयु गाउँपालिका वडा न. २ का ५८ वर्षीय भीमबहादुर बिक भन्ने भीमबहादुर सुनार छन् ।

पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार जवर्जस्ती करणीसम्बन्धी कसूरमा बिकविरुद्ध जिल्ला अदालत पर्वतले २०६३ चैत २१ मा १३ वर्ष कैद सजायको फैसला गरेको थियो ।

विशेष सूचनाका आधारमा आइतबार जिल्ला र इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको टोलीले विकलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका विकलाई फैसला कार्यान्वयनका लागि सोमबार अदालत पेस गरी अदालतको आदेशले कारागार चलान गरिएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ