arrow

लागूऔषधसहित एक युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
manbir-pariyar.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नं. ३ याङ्जाकोट स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. २९ पट्नेरी बस्ने ३१ वर्षीय मनबिर परियार छन् ।

लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र अस्थायी प्रहरी पोष्ट मझुवाबाट खटिएको टोलीले परियारलाई सोमबार दिउँसो करिब ४ः३० बजे पोखरा-३२ मजुवास्थित पृथ्वी राजमार्गबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पोखरातर्फ आँउदै गरेको बस चेकजाँच गर्नेक्रममा परियार लागूऔषधसहित पक्राउ परेका हुन् ।

उनको साथबाट डाईजेपाम ५१ एम्पुल, फेनेरागन ५१ एम्पुल, नुर्फिन ५१ एम्पुल गरी जम्मा एक सय ५३ एम्पुल लागूऔषध बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेका परियारबिरुद्ध जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा पाँच दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ