arrow

सत्र लाख रुपैयाँसहित दुई हुण्डी कारोबारी नेपालगञ्जबाट पक्राउ 

logo
सौरभ गिरी, 
प्रकाशित २०८१ असोज ९ बुधबार
hundiee-81-6-9.jpg

नेपालगञ्ज। बाँकेबाट हुण्डी कारोबारमा संलग्न दुई जनालाई १७ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले हुण्डी कारोबारमा संलग्न दुई जनालाई मंगलबार दिउँसो १६ लाख १० हजार २ सय ५५ नेपाली तथा ५९ हजार ५ सय भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएर उनीहरुलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ।

विशेष सुराकीका आधारमा खटिएको बाँके प्रहरी टोलीले नेपालगञ्ज-४ गणेशपुर बस्ने मोहम्मद कादिर सिद्दिकी र मोहम्मद हबिब सिद्दिकीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले हुण्डीको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा मोहम्मद कादिर सिद्दिकीको साथबाट उनले बोकेको कालो झोलामा राखिएको नेपाली रुपैयाँ ९ लाख र मोहम्मद हबिब सिद्दिकीको घरमा खानतलासी गर्दा नेपाली ७ लाख १० हजार २ सय ५५ तथा भारतीय रुपैयाँ ५९ हजार ५ सय बरामद गरेको बताए ।

पक्राउ परेकाहरुसँग यस बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ