arrow

बागमती खोलामा माछा मार्ने क्रममा बगेर युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
rautahat1.png

रौतहट । रौतहटमा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका वडा नं ८ का १८ वर्षीय श्यामलाल सहनी रहेको प्रहरी प्रधान कार्यालयद्वारा जारी दैनिक समाचार बुलेटिनमा उल्लेख छ ।

स्थानीय बागमती खोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खोलाले बगाउँदा उनी बेपत्ता भएका थिए ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपरारजवडाबाट खटिएको प्रहरी टोली खोजी गर्ने क्रममा मंगलबार बिहान शव उनको फेला परेको हो ।

उनको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ