arrow

साउनमा विप्रेषण १८ प्रतिशतले बढ्यो

logo
re
प्रकाशित २०८१ असोज १० बिहिबार
remittance-flow-2081.jpg
तस्बिर : फाइल

काठमाडौँ। चालु आर्थिक वर्षको साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैङ्कका अनुसार साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भई १३६ अर्ब ९३ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ