लागुऔषध बेचबिखनका आरोपी रास्वपाका पूर्वसांसद श्रेष्ठ धरौटीमा रिहा
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १० बिहिबार
577
Shares
तस्बिर – फाइल ।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । प्रतिबन्धित औषधि बेचबिखन गरेको आरोप लागेका श्रेष्ठ ७५ हजार धरौटीमा रिहा भएका हुन् ।
भदौ २७ गते पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीले बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो । श्रेष्ठ आजै धरौटी बुझाएर रिहा भएका छन् ।
लागुऔषध ट्याबलेटसहित पक्राउ परेका पोखरा महानगरपालिका ४ का ४२ वर्षीय प्रकाश थापाको बयानका आधारमा प्रहरीले पूर्वसांसद श्रेष्ठलाई पक्राउ गरेको थियो।
प्रतिबन्धित ९७ चक्की लागुऔषध ट्याबलेटसहित पक्राउ परेका थापासँग प्रहरीले सोधपुछ गर्दा उक्त ट्याबलेट पोखरा महानगरपालिका –९ पृथ्वीचोकमा रहेको श्रेष्ठको दिया फार्मेसीबाट खरिद गरिएको बयान दिएपछि सोहि बयानका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो ।