arrow

शताब्दी पुरुष गौरीशङ्कर लाल दासको मनाइयो जन्मदिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
Gauri-Shankar-das-manab-adhikar.jpg

काठमाडौँ।  शताब्दी पुरुष गौरीशङ्कर लाल दासको १०१औँ जन्मोत्सव समारोह मानाइएको छ । बिहीबार साँझ यहाँ आयोजित कार्यक्रममा उनले आफ्नो नवीनतम् कृति ‘यादों के गलियारों मे’ संंस्मरणत्मक निबन्ध सङ्ग्रहको लोकापर्ण गर्दै जन्मदिवस मनाएका हुन् ।

पुस्तकमा उनले आफूले भोगेका विभिन्न चुनौतीहरूका विषयमा लेखेका छन् । उनले मानवअधिकार आयोगको गठनको सुरुआती समयमा काम गरेका थिए । त्यससँग सम्बन्धित अनेक प्रसङ्गहरू पुस्तकमा समेटिएको छ । 

उनी विसं २००९ मा नै काठमाडौँ आएका थिए । लोकसेवा आयोगको सिफारिसमा सर्वप्रथम उनले वीर अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गर्न सुरु गरेका थिए । 

उनले मानवअधिकार आयोगका साथै क्षयरोग निवारण संस्था, नेपाल परिवार नियोजन सङ्घ तथा नेपाल रेडक्रस सोसाइटी, नेपाल कुष्ठरोग निवारण सङ्घमा पनि महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै योगदान दिए ।

आजबाट डा लालले अर्को शताब्दीमा प्रवेश गरेको खुसीमा जन्मोत्सव कार्यक्रम आयोजना गरिएको उनका जेठा छोरा आनन्दमोहन दासले जानकारी दिए । उनको स्वस्थ्य जीवन साकारात्मक सोच र क्रियाशीलताका कारण भएको उनका छोरा आनन्दमोहन बताउनुहुन्छ । 

पेसाले चिकित्सक डा लालको रुचि साहित्य र सङ्गीतमा पनि छ । उन अहिले पनि लेखनमा सक्रिय हुनुहुन्छ । बाँसुरी र तबला वादन उनको अर्को सोख हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ