arrow

दुई थोपा आँशु

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ असोज १२ शनिबार
beti-bajcharya-81-6-12.jpg

सूर्यदेवको रहमी धमिलो हुँदै थियो 
चन्द्रदेवको आगमनको बेला हुँदै थियो 
मेरा चक्षु मेरो बारीको आँपको रूखमा पर्यो
मैले नै रोपेको सिमी र स्कुसको लहरा
कति छिटो बढेर आँपको बोटमै बढिरहेको देखेँ 
आँपको पुरानो पाट झरिरहेको बेला
भर्खरै कलिलो पात पलाउँदै रहेको बेला
ती कलिला पातहरुको ठाउँ छोप्न
हिजो मात्र उम्रेका ती बोटहरूमा 
रूखका हाँगाहरू छोप्न

तँछाड मछाड गरिरहेका छन्
मैले सन्ध्याकाललाई गरेँ अभिवादन
गोधुँली साँझको बेला
किन लहराहरू भित्र पनि रिसईबी र द्वेष ?
मेरो आँखाबाट दुई थोपा आँसु झर्यो 
मेरै हातमा ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ