arrow

logo
कविता गौतम,
प्रकाशित २०८१ असोज १२ शनिबार
kabita-gautam-81-6-8.jpg

आफूलाई ऐनामा हेरेपछि थाहा पाएँ
निकै बेर आफूलाई ऐनामा हेरिरहेँ 
दया लाग्यो
हाँसिरहेको मुहार भित्रको 
गहिराईलाई देख्दा 
ती सबै पलहरुलाई देखेँ 
जहाँ मैले आफूलाई लुकाएकी थिएँ
म त्यो बाटो बाट छर्लङ्ग भए 
जहाँ मैले पाइला सार्न नसक्दा 
चिच्याएर आफ्नो भाग्यलाई खोसेकी थिएँ 
अनि
मैले ती डोबहरुलाई देखेँ 
जुन दुखाइहरु 
दुख्न छोडेपछि दुखेका थिए 
बस् अब छुट्नु छैन 
जिन्दगीका पानाहरुमा 
केवल खुशी लेख्नु छ
अनि जो मेरा थिए 
उनीहरु मसँगै छन् 
जो छैनन् 
उनीहरुलाई सम्झिनु पनि छैन 
सम्झिनु छ त ती छट्पटिहरु 
जसले अनिँदो रात बस्ने गर्थे 
अनि 
ती आँसुहरु 
जसलाई सिरानी बनाउने गर्थें
अब 
एकदमै हिम्मत गरेर 
अगाडि बढ्नु छ
आफूसँग केही नहुँदा 
लगाएका ती तुच्छ 
वचन लगाउनेहरुको ऋण तिर्नु छ 
 मेहनत धेरै गर्नु छ 
अनि एक्लोपनलाई लत बनाउनु छ 
सङ्घर्षलाई जित्न
भाग्नु छैन
बस् कमजोर बनेर लड्नु छ!
अनि जित्नु छ आफ्नो आत्मविश्वास ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ