arrow

एन्फा एकेडेमीका ६ जना बालकको शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
anfa-football-players.jpg
तस्बिर : फाइल

मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ स्थित वल्सलादेवी माविमा अध्ययनरत एन्फा एकेडेमीका ४० बालक मध्ये ६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ। अन्य ३४ बालक सकुशल रहेका छन्।

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर भरिएर शनिवार बिहान जलाशयको २ वटै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरूको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा मकवानपुरका अनुप घलान, विवश बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौँका साइमन योन्जन रहेको एन्फाले जनाएको छ।  मृतक सबैको शव पोस्टमार्टमका लागि हेटौँडा ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सकुशल रहेका अन्य विद्यार्थीहरूलाई भने सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ पठाइने भएको छ। मकवानपुरको वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ४० बालक बन्द प्रशिक्षणमा रहेका थिए। अन्डर १३ समूहका ४० जना बालकलाई अखिल नेपाल फुटबल सङ्घ एन्फाले गत जेठ महिनादेखि सिस्नेरीस्थित वत्सलादेवी माविको छात्रावासमा बन्द प्रशिक्षणमा राखेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ