arrow

प्रतिकुल मौसमका कारण त्रिविको आइतबारको परीक्षा स्थगित, २१ गते हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
tribhuvan-university-tu-logo.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले देशभर उत्पन्न भएको मौसमको प्रतिकुलका कारण विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ । 

त्रिविले आज सूचना जारी गरी यही असोज १० गतेदेखि सञ्चालनमा रहेको मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्काय  विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८०, आंशिकतर्फको बीए, बीएड, बीबीएस र बी।एस्सीको आइतबार हुने परीक्षा स्थगित गरेको छ । 

“उक्त परीक्षाहरू यही असोज २१ गते सोही समयमा, सोही परीक्षा केन्द्रहरूमा सञ्चालन हुनेगरी तोकिएको व्यहोरा निर्देशानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, त्रिविले भनेको छ । 

साथै त्रिविले सम्पूर्ण केन्द्राध्यक्षलाई यही सूचनालाई आधिकारिक मानेर आइतबार हुनेगरी उल्लेख गरिएका सम्पूर्ण प्रश्नपत्र प्याकेट नखोली सुरक्षित साथ यही असोज २१ गते प्रयोग गरिदिन अनुरोध गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ