arrow

सुस्ताको अवस्था नाजुक, दुई सय घर डुबानमा

logo
नारायण वली,
प्रकाशित २०८१ असोज १२ शनिबार
susta- duban-4.jpg

लम्बिनी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमका दुई सय घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण नारायणी नदीमा बढ्दै गएको बहावले यतिबेला नेपाल भारत सीमा विवादमा रहेको नेपाली भूमि दशगजा क्षेत्र उच्च जोखिममा परेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैयसवालले जानकारी दिएका छन् ।

उनका अनुसार तीन सय घरमध्ये दुई सय डुबिसकेका छन् । तीन ठाउँको बाँध फुटेको छ । थारुगाउँको उत्तरतिरको बाँध, शिव मन्दिर र झोलुङ्गे नजिकको पाँच नम्बरको बाँध फुटेको छ । उनले भने, 'त्यो पानी गाउँतिर सोझिएको छ । अहिले नै अवस्था नाजुक छ, रातिमा पानी थपियो भने यहाँको अवस्था कल्पनाभन्दा बाहिरको हुन सक्छ । 

उनले रातिको समयमा विद्युतले धेरै राहत दिएको बताए । अन्धकार हुन्थ्यो भने झन गाह्रो हुन्थ्यो । उज्याले भएका कारण सुरक्षित ठाउँमा जान सजिलो भएको उनले बताए ।

'घरदेखि बाहिर निस्कन सक्ने अवस्था छैन्, पानीको मात्रा बढ्दै गएको छ, फोनले पनि त्यति काम गरेको छैन् हामीह?ले घरका छत र अग्ला ठाउँमा गएर बस्न आग्रह गरिरहेका छौँ', प्रवक्ता जैयसवालले भने ।

आज रातभरि जाग्राम बस्नुपर्ने अवस्था छ । 

सुस्ता प्रहरी चौकीका अनुसार गाउँभरी पानी छ । पानी पसेर केही घरहरु ढलेका छन् । हालसम्म मानवीय क्षति भएको छैन । उनीहरु स्थानीयहरुलाई सूरक्षित स्थानमा बस्न र सचेत रहन भन्दै खटिएका छन् ।

यता लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सूचना अधिकारी गंगाधर पाण्डेलाई सुस्ताको बारेमा थप जानकारी लिन र दैवीय प्रकोप सुरक्षा व्यवस्थापनको तयारी के छ भनेर सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।  

नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आफूले सुस्ताको बारेमा चासो लिएको बताउँदै निरन्तर सम्पर्कमा रहेको बताएका छन् । उनले भने, 'हामीले प्रहरी शसस्त्र प्रहरीलाई हाइअलर्टमा बस्न भनेका छौँ । थप अवस्था गम्भीर हुने भएमा गृह मन्त्रालयलाई जानकारी गराएर उद्धारमा खटिने छौँ ।' 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ