arrow

चीनबाट फर्के अर्थमन्त्री पौडेल, सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
bishnu-poudel-81-6-13.jpg

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट आज दिउँसो स्वदेश फर्केका छन् । अर्थमन्त्री पौडेलले भीषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएकोमा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताएका छन् ।

उनले अहिलेको परिस्थितिलाई सबै एकजुट भइ सामना गर्ने बताउँदै आ–आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरेका छन् । 

अहिलेको अवस्थालाई ध्यानमा राख्दै अर्थमन्त्री पौडेल एयरपोर्टबाट सिधै अर्थ मन्त्रालय पुगी छलफलमा जुटेका छन् । 

अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा असोज ७ गते चीन गएका थिए । उनी चीनमै हुँदा नेपालमा बाढीपहिरोले अस्तव्यस्त पारेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ