arrow

वर्षाले ठूलो जनधनको क्षति गरेको काभ्रे र धादिङका प्रमुख जिल्ला अधिकारीको सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
home-ministry-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई हटाएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा गरिएको हो ।  

मन्त्रालयले धादिङमा पाण्डेको ठाउँमा सुमन घिमिरे र काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई पठाएको छ ।

असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे र धादिङमा व्यापक जनधनको क्षति भएको छ । काभ्रेमा सबैभन्दा बढी ६६ जनाले ज्यान गुमाएका छन् ।  



नयाँ