arrow

पहिरोमा ज्यान गुमाएका फुटबल खेलाडीहरुको पशुपतिमा अन्तिम संस्कार [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
football-fans-pashupati-81-6-14.jpg

काठमाडौँ । पहिरोमा परी ज्यान गुमाएका फुटबलख खेलाडीहरुको दाहसंस्कार गरिएको छ । उनीहरुको सोमबार दिउँसो पशुपतिमा अन्तिम संस्कार गरिएको हो । 

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालको झण्डा तथा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले एन्फाको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिय। 

अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित श्री वात्सल्य देवी उचच माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरोमा परी छ युवा खेलाडीको निधन भएको थियो । 

उक्त पहिरोमा परी दिवस बानियाँ, प्रियंस आचार्य, अनुपम घलान, साइमन योञ्जन, विकल रेग्मी र आदिल्य बलम्पाखीको निधन भएको हो । 

घलान, योञ्जन र रेग्मीको पार्थिव शरीर हेलिकप्टरमार्फत गृहजिल्ला मकवानपुर पठाइएको छ भने बलम्पाखीको सर्लाही पठाइएको छ ।  बानियाँ र आचार्यको पशुपतिमा अन्त्येष्टि गरिएको हो ।  

पशुपतिमा फुटबल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
 

footballar-died-landslide (1).jpg
footballar-died-landslide (2).jpg
footballar-died-landslide (3).jpg
footballar-died-landslide (4).jpg
footballar-died-landslide (5).jpg
footballar-died-landslide (6).jpg
footballar-died-landslide (7).jpg
footballar-died-landslide (8).jpg
footballar-died-landslide (9).jpg
footballar-died-landslide (10).jpg
footballar-died-landslide (11).jpg
footballar-died-landslide (12).jpg
footballar-died-landslide (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ