arrow

किशिदाले दिए राजीनामा, शिगेरु प्रधानमन्त्री बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
fumio-kishida-japan-pm.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जापानका प्रधानमन्त्री फुमियो किशिदासहित पुरै मन्त्रिपरिषदले राजीनामा दिएको छ । जापानको एनएचके न्यूजका अनुसार किशिदाको पुरै मन्त्रिपरिषदले नयाँ सरकार गठनको पूर्वसन्ध्यामा राजीनामा दिएका हुन् । 

किशिदा २०२१ को अक्टोबरदेखि जापानको प्रधानमन्त्री बनेका थिए । उनले योशिहिदी सुगाको स्थान लिएका थिए । सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्षमा इशिबा शिगेरु चयन भएपछि अब उनी जापानको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनले आजै प्रधानमन्त्रीको नियुक्ति लिएर पद सम्हाल्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।  

शिगेरुले अध्यक्षमा निर्वाचित भएदेखि नै यसै अक्टोबरको अन्तिम साता जापानमा संसद्को निर्वाचन गर्ने घोषणा गरिसकेका छन् ।

हालको संसदको कार्यकाल २०२५ को जुलाईसम्म रहेको भए पनि शिगेरुले तुरुन्तै निर्वाचन गर्न लागेका हुन् । सत्तारुढ दलको गिर्दो लोकप्रियताका कारण उनले निर्वाचन गर्न लागेको उनका आलोचकहरुले बताएका छन् ।

जापानको तल्लो संसदको ४६५ सिटमध्ये एलडीपी सांसदको संख्या २५८ छ र यो पार्टी २०१२ देखि सत्तामा छ । 

संवैधानिक लोकतान्त्रिक पार्टीका सांसद संख्या ९९ रहेको छ । जबकि कन्जरभेटिभ जापान पार्टीका सांसद संख्या ४५ रहेको छ ।  
      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ