arrow

अहिंसावादी नेता गान्धीको जयन्ती विश्वभर, भारतीय दूतावासले पनि मनायो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
gandhi-jayanti-81-6-16-oct2.jpg

काठमाडौँ । आज अक्टोबर २ तारिख अर्थात् मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी) को १५५ औँ जयन्ती । विभिन्न कार्यक्रम गरेर अहिंसावादी नेता गान्धीको जन्म जयन्ती मनाइएको छ । 

गान्धीको सम्मानमा २ अक्टोबरलाई संयुक्त राष्ट्रले विश्व अहिंसा दिवसको रूपमासमेत मनाउने गर्दछ । 

नेपालस्थित भारतीय दूतावासले पनि गान्धी जयन्ती मनाएको छ । बुधबार बिहान आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गान्धीको प्रतिमामा पुष्पहार अर्पण गरे ।

कार्यक्रममा नेपाल चर्खा प्रचारक गान्धी–तुलसी स्मारक महागुठीका प्रतिनिधिहरुकोसमेत सहभागीता रहेको भारतीय दूतावासले जनाएको छ । 

को हुन् गान्धी ? 
गान्धीको जन्म २ अक्टोबर १८६९ मा भएको थियो । गान्धी भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक तथा आध्यात्मिक नेता थिए। 

उनी विश्वका महापुरूषहरू मध्ये गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेको दक्षिण अफ्रिकाको रङ्गभेद नीति अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन गान्धी ठूलो योगदान रहेको थियो। 

अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्रले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ। 

उनी सत्याग्रहका अग्रणी नेता थिए जसको अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ। उनलाई मानिसहरू महात्मा गान्धीको नामले चिन्दछन् जुन नाम उनलाई विश्वकवि साहित्यकार रवीन्द्रनाथ टैगोरले दिएका थिए । 

जसको संस्कृत भाषामा महात्मा अथवा ‘महान् आत्मा’ एक सम्मान सूचक शब्द हो । महात्मा गान्धीलाई भारतमा ‘बापू’ नामले पनि चिनिन्छ । गुजराती भाषामा बापूको अर्थ पिता हुन्छ । 

उनलाई सरकारी रूपमा भारतको राष्ट्रपिताको सम्मान दिइएको छ र २ अक्टोबरको दिन अथवा उनको जन्म दिनमा भारतमा बिदा दिइन्छ। 

सन् १९१५ मा भारत फिर्तीपछि उनले किसानहरू, कृषि मजदूरहरू, सहरी श्रमिकहरूलाई अत्यधिक भूमिका र भेदभावविरूद्ध आवाज उठाउन एकजुट गरेका थिए । 

सन् १९२१ मा भारतीय राष्ट्रिय काङ्ग्रेसको बागडोर सम्हालेपछि गान्धीले देशभर गरीबीबाट राहत दिलाउने, महिलाका अधिकारहरूको विस्तार, धार्मिक तथा जातीय एकताको निर्माण, आत्म(निर्भरताको लागि छूवाछूतको अन्त्य आदिको लागि धेरै आन्दोलन चलाएका थिए। 

गान्धीले बेलायत सरकारद्वारा भारतीयहरू माथि लगाइएको नुन करको विरोधमा सन् १९३० मा नुन सत्याग्रह र त्यसपछि सन् १९४२ मा भारत छोड आन्दोलन शुरूआत गरेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता प्राप्त गरेका थिए। 

उनले दक्षिण अफ्रिका र भारतमा विभिन्न समयमा कयौँ वर्षसम्म कारागारमा बस्नुपरेको थियो । गान्धीले सबै परिस्थितिहरूमा अहिंसा र सत्यको पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरेका थिए। 

उनले साबरमती आश्रमको आत्म–निर्भरता आवासीय समुदायमा आफ्नो जीवनको धेरै समय व्यतित गर्दै परम्परागत भारतीय धोती र सूतीबाट बनेको गम्छा लगाए जसलाई उनी स्वयंले चर्खामा सूती काटेर हातैले बनाएका थिए ।

उनको निकै चर्चित भनाइ छ – नराम्रो नदेख, नराम्रो नभन र नराम्रो नसुन ।

बापूको ३० जनवरी १९४८ मा निधन भएको थियो । 
 

gandhi-jayanti-oct2 (4).jpeg
gandhi-jayanti-oct2 (5).jpeg
gandhi-jayanti-oct2 (1).jpeg
gandhi-jayanti-oct2 (2).jpeg
gandhi-jayanti-oct2 (3).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ