arrow

छ ओटा उजुरीको खण्डन गर्दै प्रस्तावित प्रधानन्यायाधीश राउतले पेश गरे २४ बुँदे कार्ययोजना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
prakashman-singh-raut-cj-(1.jpg

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ शुरू भएको छ । संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा सुनुवाइ शुरू भएको हो । 

राउतले आफूविरुद्ध लागेका आरोपको खण्डन गर्दै न्यायालय सुधारका योजनासहित २४ बुँदे कार्ययोजना प्रस्तुत गरेका छन् । उनले मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्मका विषयलाई समेट्दै समितिमा योजना पेस गरेका छन् ।

उनले न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न आफूले विशेष जोड दिने बताएका छन् । राउतले न्याय परिषद्बाट हुने न्यायाधीश नियुक्ति लगायतका कामकारबाहीलाई प्रभावकारी बनाउने कुरामा आफूले ध्यान केन्द्रित गर्ने योजना रहेको पनि बताए । 

उनले नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु प्रधानन्यायाधीशको प्रमुख जिम्मेवारी रहेकोप्रति पनि आफू स्पष्ट र प्रतिबद्ध रहेको बताए । 

प्रस्तावित प्रधानन्यायाधीश राउतले न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि आफू त्यत्तिकै सचेत र संवेदनशील रहेको बताए । 

उनले न्यायालयमा तय गरिएका कार्ययोजना कार्यान्वयनका लागि बजेट, जनशक्ति लगायतका विषयमा देखिएको समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय र सहकारी अघि बढाउने पनि बताए । 

उनले भने, ‘न्याय परिषदबाट हुने न्यायाधीश नियुक्ती लगायतका कामकारबाहीलाई प्रभावकारी बनाई परिषद्प्रतिको विश्वासनीयतामा अभिवृद्धि गर्न विशेष जोड दिइनेछ । अदालतमा उपयुक्त कार्य वातावरणका लागि अदालतमा भौतिक पूर्वाधारको विकास र सुधार सम्बन्धि कार्ययोजना निर्माण गरी क्रमशः कार्यान्वयन गरिनेछ । प्रश्तुत कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पर्ने बजेट समेतको स्रोतको व्यवस्थापन र परिचालनका लागि नेपाल सरकारलगायतका नेपाल सरकार सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय र सहकार्य गरी सो को सुनिश्चितता गरिनेछ । प्रश्तुत कार्ययोजना कार्यान्वयनका लागि नियमित अनुगमन तथा मूल्यांकन र आवधिक समिक्षा गरी प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गरिनेछ । नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु मेरो प्रमुख जिम्मेवारी रहेको प्रति म स्पष्ट र प्रतिवद्ध छु । न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि त्यत्तिकै सचेत र संवेदनशील रहेको छ ।’

प्रस्तावित प्रधानन्यायाधीश राउतले न्याय पालिकाको मर्यादा कायम गरेर अघि बढ्ने कुरामा आफू सचेत रहेको पनि बताए । 

समितिमा उनीविरूद्ध समितिमा ६ वटा उजुरी परेका छन् । जसमा आफ्नै श्रीमती ललिता राउतलाई झगडिया बनाएको, नेपाली कांग्रेसप्रति झुकाव राख्दै छोराका हत्या अभियुक्तलाई साधारण तारेखमा छाडेको, चितवनकी एक महिलाले जग्गा सम्बन्धीको विवादित फैसला दिएको लगायतका उजुरी परेको बताइएको छ ।

prakashman-singh-raut-cj (4).jpg
prakashman-singh-raut-cj (5).jpg
prakashman-singh-raut-cj (2).jpg
prakashman-singh-raut-cj (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ