arrow

बाढीपहिरो पीडितलाई राष्ट्रपति पौडेलले एक महिनाको तलब दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
ramchandra-poudel-president-always.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि आफ्नो एक महिनाको तलब सुविधा उपलब्ध गराउन घोषणा गरेका छन् ।

राष्ट्रपति पौडेलले बाढी पहिरोबाट पीडितहरूको राहतका लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने घोषणा गरेका हुन् ।

यसैगरी उनका विज्ञ सल्लाहकारहरूले पनि एक हप्ताको तलब सुविधा प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ