arrow

शुरु भयो दशैँ, राखियो जमरा, शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
ghatasthapana-2081-(18).jpg

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दूहरुको महान् पर्व बडादशैँ आजबाट शुरू भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ ।

बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैँ घरमा विधिपूपर्वक  जौ, मकैको जमरा राख्ने गरिन्छ ।

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ ।

जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

आजकै दिन हनुमानढोका दरबार स्क्वायरको दशैं घरमा पनि विधिवत् रुपमा जमरा राखिएको छ । 

आज सर्वसाधारणदेखि राष्ट्रपतिसम्मले जमरा राखेका हुन् । बिहान ९ः१६ बजेको शुभ साइतमा जमरा राखिएको हो । 

आजैदेखि देशका सबैजसो भागका शक्तिपीठहरुमा दर्शनार्थीको भीड बढेको छ । 

ghatasthapana-2081 (1).jpg
ghatasthapana-2081 (2).jpg
ghatasthapana-2081 (3).jpg
ghatasthapana-2081 (4).jpg
ghatasthapana-2081 (5).jpg
ghatasthapana-2081 (6).jpg
ghatasthapana-2081 (7).jpg
ghatasthapana-2081 (8).jpg
ghatasthapana-2081 (9).jpg
ghatasthapana-2081 (10).jpg
ghatasthapana-2081 (11).jpg
ghatasthapana-2081 (12).jpg
ghatasthapana-2081 (13).jpg
ghatasthapana-2081 (14).jpg
ghatasthapana-2081 (15).jpg
ghatasthapana-2081 (16).jpg
ghatasthapana-2081 (17).jpg
gha11.jpeg
gha33.jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ