arrow

दुर्गापूजा शुरू, कालिगड गुसिङगलमा दुर्गाको मूर्ति बनाउन व्यस्त [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
durga-puja-81-6-17-(13).jpg

काठमाडौँ । बडादशैँ नजिकिएसँगै ललितपुरको गुसिङगलमा दुर्गाको मूर्ति बनाउन व्यस्त देखिन्छन् ५८ वर्षीय बिकाउ पण्डित र उनीसँगै काम गर्ने अन्य कालिगड पनि । 

४१ वर्षदेखि मूर्ति बनाउन थालेका पण्डित अहिले पनि उस्तै फूर्तिका साथ काम गरिरहेको देखिन्छ । दशैँमा दुर्गा, गणेश, कुमार र सरस्वतीको पूजा गर्ने प्रचलन रहेको हुनाले विभिन्न ठाउँबाट आएका अर्डरका मूर्ति बनाउन उनीसँगै अन्य कालिगडहरु व्यस्त छन् । 

घटस्थापनाको दिनदेखि नौ रातसम्म देवी दुर्गा भगवतीको विभिन्न स्वरूपको  पूजा आराधना गरिने हुँदा उनीहरू निकै व्यस्त देखिन्छन् । 

दशैँको बेला माटो आदिबाट बनाइएका दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन जताततै बढेको कारण हाम्रो काम पनि बढेको पण्डित बताउँछन् । 

 मूर्तिको आकार र सेट अनुसार जसमा  (दुर्गा, गणेश, कुमार र सरस्वती) मूर्ति हुने मूल्य चाहिँ ६० हजारदेखि ७० हजारसम्म बिक्री हुने पण्डित बताउँछ ।

घटस्थापनाका दिन दुर्गा भगवतीको मूर्ति स्थापना गरेर सप्तमीमा आँखाबाट पट्टी खोल्ने काम हुन्छ । 

महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले मारेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा छ । त्यसपछि दशमीको दिन दुर्गा भवानीको मूर्तिलाई नजिकैको नदीमा लगेर विसर्जन गरिन्छ ।

durga-puja-81-6-17 (1).jpg
durga-puja-81-6-17 (2).jpg
durga-puja-81-6-17 (3).jpg
durga-puja-81-6-17 (4).jpg
durga-puja-81-6-17 (5).jpg
durga-puja-81-6-17 (6).jpg
durga-puja-81-6-17 (7).jpg
durga-puja-81-6-17 (8).jpg
durga-puja-81-6-17 (9).jpg
durga-puja-81-6-17 (10).jpg
durga-puja-81-6-17 (11).jpg
durga-puja-81-6-17 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ