arrow

काफ्लेको कविता ‘अक्षितारा’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १७ बिहिबार
ilam-literature-81-6-17.jpg

इलाम । इलामका विष्णुप्रसाद काफ्लेले आफ्नो पहिलो कृति ‘अक्षितारा’ पाठक सामु ल्याउँदैछन् । काफ्लेको यो कवितासंग्रह शुक्रबार इलाममा लोकार्पण गरिँदैछ । 

इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठानले आयोजना गर्ने कृति लोकार्पण कार्यक्रम सदरमुकामस्थित अरनिको सांस्कृतिक संग्रहालयमा हुनेछ । 

साहित्यकारद्वय टीका घिमिरे र विमल वैद्यले कृतिमाथि विमर्श गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

सामाजिक क्षेत्रमा क्रियाशील काफ्ले अहिले आफ्नो जागिर सिलसिलामा विराटनगरमा छन् । गैरसरकारी संस्थामा लामो समय कार्यरत काफ्लेका छिटफुट कविता र रचना विभिन्न मिडियामा आइसकेका छन् । 

कृतिमा ५८ कविता छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ