arrow

बङ्गलादेश विद्युत् निर्यातको लागि त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
nepal-india-bangladesh-electricity.jpg

काठमाडौँ । बङ्गलादेश विद्युत् निर्यातको लागि त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता (पीएसए) भएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको हो । 

उक्त सम्झौतासँगै नेपालबाट तेस्रो मुलुकमा औपचारिक रूपमा विद्युत् निर्यात गर्ने बाटो खुलेको हो । बङ्गलादेश विद्युत् निर्यातको लागि त्रिपक्षीय ऊर्जा बिक्री सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेश पावर डेभपलमेण्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मो. रेजुल करिम र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभएन)की सीईओ रेनु नारंगले हस्ताक्षर गरेका छन् । 

सम्झौता भएसँगै नेपालले पहिलो चरणमा बंलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्ने भएको छ । नेपालले विगत तीन वर्षदेखि भारतमा विद्युत् निर्यात गर्दै आएको छ । बंलादेशमा विद्युत् निर्यातको लागि भारतका प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले त्रिपक्षीय सम्झौता भएको हो । 

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्रिपक्षीय विद्युत् व्यापार सम्झौता दक्षिण एसियाको ऊर्जा सहकार्यमा कोशेढुंगा भएको दाबी गरे । उनले सम्झौतासँगै ऊर्जा क्षेत्रमा सबरिजनल र रिजनल सहकार्यको ढोका खोल्ने बताए । उनले बंलादेशमा प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा प्रतियुनिटका दरले बङ्गलादेशको बीपीडीबीलाई विद्युत् निर्यात गर्ने बताए । 

नेपालले बङ्गलादेश विद्युत् निर्यात गर्दा भारतको एनभीभीएनको प्रसारण लाइन प्रयोग गरेबापतको ‘ह्विलिङ चार्ज’ बङ्गलादेशले तिर्ने उल्लेख छ । सम्झौता कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र बङ्गलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसन र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तकवको उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ