arrow

स्याङ्जामा जीप दुर्घटना, सबै घाइतेलाई पोखरा ल्याइयाे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
jeep-accident-syangja.jpg

पोखरा । स्याङ्जाबाट पोखरा आउँदै गरेको जीप आज बिहान दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।

सिरुबारीबाट पोखरा आउँदै गरेको ग१ज ५७५६ नम्बरको बलेरो जीप ब्रेक फेल भई आँधीखोला गाउँपालिका वडा नं २ बेझाङमा सडकको नालामा पल्टिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेमा पोखरा-१७ छोरेपाटनकी १६ वर्षीया अमना नेपाली, पोखरा-११ की मनिषा नेपाली र उनकी ३ वर्षीया छोरी सोफिया नेपाली छन् ।

साथै आँधीखोला गाउँपालिका-५ का ५० वर्षीय आत्मराम सिग्देल, ८४ वर्षीया कलावती घमिरे, ३२ वर्षीया सिर्जना चापागाईं, अर्जुनचौपारी गाउँपालिका-५ आरुचौरका ५८ वर्षीया शान्तिकुमारी सापकोटा, ६१ वर्षीय शिव सिग्देल पनि सोही दुर्घटनामा घाइते भएका छन् ।

स्याङ्जा प्रहरीका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलका अनुसार सबै घाइतेलाई पोखरा ल्याइएको छ । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी पौडेलले बताए ।

जीप चालक स्याङजा अर्जुनचौपारी-५ का २७ वर्षीय सागर विश्वकर्मा प्रहरी नियन्त्रणमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ