arrow

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएपछि विराटनगर तनावग्रस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
biratnagar-agitation-protest-.jpg

मोरङ । मोरङमा बिहीबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । विराटनगर उपमहानगरपालिका वडा नं १८ आइसीपी रोडमा ना४ख २४८३ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री लवाघाटका ६० वर्षीय श्याम साहको ज्यान गएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका शाहको बिराट नर्सिङ होममा चिकित्सकले चेकजाँच गर्ने क्रममा साँझ ७ः३० बजे मृत घोषणा गरेका थिए ।

सवार एक जनाको मृत्यु भएपछि विराटनगर-१८ आइसीपी रोडमा तनाव सिर्जना भएको छ । सवारी चलाउने चालकलाई कारवाही र परिवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै मृतकका आफन्तले आन्दोलन सुरु गरेका हुन् ।

ट्रक चालक सुनसरीको बर्जु गाउँपालिका ५ का ३० वर्षीय दीपक यादवलाई नियन्त्रणमा लिएको छ ।

यसैबीच मृतक शाहका आफन्तजन र स्थानीय आन्दोलित भएका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति र चालकलाई कार्वाहीको माग गर्दै उनीहरुले आन्दोलन गरेका हुन् ।

आन्दोलनले सवारी आवागमनमा अवरोध भएको छ । आन्दोनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेकाे छ । भिड नियन्त्रण गर्न प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ