arrow

त्रिभुवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
badri-pandey-06-18.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । शुक्रबार बिहान एयरपोर्ट भएको उनले विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका सेवा प्रदायक संस्था, सुरक्षाकर्मीलगायतका सम्बद्ध सबै पक्षसँग छलफल गरी सेवामा थप सुधार गर्न सचेत गराएका हुन् । 

नेपालको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलमा आउने यात्रुहरु शक्तिशाली सन्देश बाहक भएको उल्लेख गर्दै मन्त्री पाण्डेले उनीहरूलाई थप सेवा दिने कुरामा कहीँ कतै नचुक्न पनि सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराए । उनले उड्ने र गुड्ने दुवै सवारी साधनले चाडबाडका बेला एकतर्फी भाडामा काम गर्नुपर्ने मर्का आफूले बुझेको र त्यस्ता समस्या समाधानका उपायको खोजी गर्ने पनि बताए । उनले यात्रुहरूलाई सेवा दिने कुरामा अब कुनै कमी नहुने विश्वास समेत व्यक्त गरे । विमानस्थलमा हुने सेवामा भोलिदेखि नै थप सुधारका सङ्केतहरू देखिनुपर्ने मन्त्री पाण्डेको भनाई थियो । 

उनले भने,‘पर्यटक भनेको एउटा शक्तिशाली सन्देशवाहक हो । त्यसैले हामीले त्यो कुरा एयरपोर्टमा सुधार्दै गएको छौं । तर, थप सुधार गर्नुपर्नेछ । र, यो विषय परिस्थितिमा यात्रुहरूलाई सेवा दिने कुरामा तत्परता देखाउनु हुनेछ भन्ने ठान्दछु । एउटा महत्त्वपूर्ण तर्क र तपाईँहरूको मर्का पनि लाग्यो मलाई कि प्लेन एकातिरको मात्रै प्यासेन्जर बोकेर गयो, तर खाली फर्किनु परेपछि उसको मर्का त बाहिर सुनिएको छ । तर त्यसरी गाडी पनि त दशैँको बेलामा एकतर्फी लिएर जानु पर्छ । फर्किँदा पनि खर्च जाँदाको पनि धान्नुपर्ने अवस्था छ भन्ने कुरा जायज छन् । यी कुराहरूलाई हामीले छलफलमा लिएर जाने, संसद्मा लिएर जाने गर्नुपर्दछ । यसले यी समस्या समाधानका लागि आइडियाहरू पनि सिर्जना हुन्छ । संवेदनशीलता र त्यहाँको वास्तविकता पनि थाहा हुन्छ । आजको छलफल एकदमै उपयोगी भयो भन्ने लाग्छ । यसले आज भोलिबाट नै थप सुधारको सङ्केत देख्नेछौँ । तर यो थप सुधार गर्ने कुरामा हामी सबै सहकार्य हुनेछ । सुरक्षा निकाय पनि जोडिनेछ । टीआईए पनि जोडिनेछ । क्यान पनि जोडिनेछ । एयरलाईन्सहरु, यातायात्र क्षेत्रका मजदुरहरू सबै जोडिएर हामी काम गर्नेछौँ ।’



नयाँ