arrow

झाझ खोलामा डुबेर बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १८ शुक्रबार
sarlahi.png

सर्लाही । सर्लाही जिल्लाको बसवरिया गाउँपालिकास्थित झाझ खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

आज साँझ बसवरिया गाउँपालिका-४ गोनर्वा निवासी सुरेन्द्र भण्डारीको १० वर्षीय छोरा चन्दनको नुहाउने क्रममा झाझ खोलामा डुबेर ज्यान गएको हो ।

नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका बालकको तत्काल उद्धार गरेर अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

बरहथवा नगरपालिकास्थित हनुमन्त अस्पतालमा पुर्याएपछि बालकलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको हो ।

बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दिवाकर गणेशले जानकारी दिए । घटनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ