arrow

कर्णाली र ललितपुर महिला भलिबल लिगको उपाधिका लागि भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
volleyball-lalit-karnali.jpg

काठमाडौँ । जारी एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली यशविस र ललितपुर क्विन्स भिड्ने भएका छन् । लिग चरणका खेल सकिएसँगै शिर्ष दुई स्थानमा रहेका कर्णाली र ललितपुर फाइनलमा भिड्ने भएका हुन् ।

गएराति सम्पन्न खेलमा कर्णालीले काठमाडौँ स्पाइकर्सलाई ३–१ को सेटमा हराएको थियो । यो जितपछि कर्णालीको ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै ललितपुरको ५ खेलमा १० अंकसहित दोस्रो स्थानमा रहेको छ र फाइनलमा पुगेको छ ।

त्यसैगरी हारसँगै काठमाडौँको ५ खेलमा ९ अंक रहेको छ र तेस्रो स्थानमा रहदै फाइनलको दौडबाट बाहिरिएको छ ।

त्यस्तै चितवन शक्तिको ५ खेलमा ७ अंकसहित चौथो स्थानमा रहेको छ र गण्डकी थण्डर्सको ५ खेलमा ६ अंक रहेको छ । त्यस्तै मधेश युनाइटेड भने पाँचै खेलमा हार बेहोरेको थियो ।

अब फाइनल खेल आज साँझ साढे ५ बजे कर्णाली र ललितपुरबीच हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ