arrow

खसीबोका खाद्य संस्थानमा, आइतबारदेखि बिक्री [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
khasi-boka-khadya-81-6-19.jpg

काठमाडौँ । नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैँ लागेसँगै काठमाडौँका बजारहरूमा व्यापार व्यवसायको चहलपहल तीव्र छ । दशैँमा नयाँ नयाँ कपडा, दशैँका लागि आवश्यक सामग्री, मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेँडालगायत खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरू किनमेल गर्नेहरूको भीड बजारमा देख्न सकिन्छ । 

विपद्का कारण विगतको तुलनामा यस वर्ष केही कमी देखिए पनि दशैँको लागि तयारी तीव्र छ । सहरहरुबाट गाउँ फर्किने र कामको सिलसिलामा बाहिर रहेका नेपालीहरू स्वदेशमा फर्किने क्रम पनि बढिरहेको छ ।

त्यसैले पनि बजार चलायमान बन्दै गएको छ । विपद्का कारण दशैँमा खसी, बोकाहरू कमी हुने हो की भन्ने चिन्ता आम सर्वसाधारणमा रहेको छ । तर कलङ्की खसी बजार व्यवस्थापन समिति भने काठमाडौँ उपत्यकामा विगत झैँ यस वर्ष पनि मासुको कमी हुन नदिने र आपूर्ति पुर्‍याउने बताउँछ । 

कलङ्की खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडाले समिति बनाइ खसी बिक्री वितरण गरेको ३१ वर्षसम्म काठमाडौँ उपत्यकाको माग पूरा गरिरहेको र यस वर्ष पनि आपूर्ति पूरा गर्ने बताए । 

उनले यस वर्ष विपद्का कारण सडकहरूको अवस्था केही कठिन भए पनि पश्चिमबाट खसी, बोका र च्याङ्ग्राहरू ल्याउने काम भइरहेको बताए । उनले काठमाडौंमा मासुको व्यवस्थापन गर्न ३५–४० जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम भइरहेको बताए । 

यसैबीच खसी बोका खाद्य संस्थानको कार्यालय थापाथलीमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापारले आइतबारदेखि खसी बोका र च्याङ्ग्रा बिक्री गर्दैछ ।

khasi-boka-khadya-81-6-19 (1).jpg
khasi-boka-khadya-81-6-19 (2).jpg
khasi-boka-khadya-81-6-19 (3).jpg
khasi-boka-khadya-81-6-19 (4).jpg
khasi-boka-khadya-81-6-19 (5).jpg
khasi-boka-khadya-81-6-19 (6).jpg
khasi-boka-khadya-81-6-19 (7).jpg
khasi-boka-khadya-81-6-19 (8).jpg
khasi-boka-khadya-81-6-19 (9).jpg
khasi-boka-khadya-81-6-19 (10).jpg
khasi-boka-khadya-81-6-19 (11).jpg
khasi-boka-khadya-81-6-19 (12).jpg
khasi-boka-khadya-81-6-19 (13).jpg
khasi-boka-khadya-81-6-19 (14).jpg
khasi-boka-khadya-81-6-19 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ