arrow

एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णालीलाई, फाइनलमा ललितपुर पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १९ शनिबार
everest-volleyball-women-20.jpg

काठमाडौँ । राजधानीमा भएको एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसले जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।

खेलमा कर्णालीले शुरुका दुई सेट जितेपछि ललितपुरले खेलमा कमब्याक गर्दै तेस्रो र चौथो सेट जितेको थियो । त्यसपछिको फाइनल सेट कर्णालीले १५–१३ ले जितेर उपाधि चुमेको थियो ।

यो हारसँगै ललितपुर क्विन्स उपविजेता बनेको छ ।

काठमाडौँ तेस्रो स्थानमा रह्यो भने चितवन शक्ति चौथो, गण्डकी थण्डर्स पाँचौँ तथा मधेस युनाइटेड पाँचै खेलमा हार बेहोरेर पुछारमा रह्यो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ