- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालीहरूको सबैभन्दा ठूलो पर्व बडादशैँ लागेसँगै काठमाडौँका बजारहरूमा व्यापार व्यवसायको चहलपहल तीव्र छ । दशैँमा नयाँ नयाँ कपडा, दशैँका लागि आवश्यक सामग्री, मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेँडालगायत खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरू किनमेल गर्नेहरूको भीड बजारमा देख्न सकिन्छ ।
विपद्का कारण दशैँमा खसी, बोकाहरू कमी हुने हो की भन्ने चिन्ता आम सर्वसाधारणमा रहेको छ ।
यसैबीच खसी बोका खाद्य संस्थानको कार्यालय थापाथलीबाट बिक्री थालिएको छ । खाद्य व्यवस्था तथा व्यापारले आइतबारदेखि खसी बोका र च्याङ्ग्रा बिक्री थालेको हो ।