arrow

कवि पौडेलको एकल कविता वाचन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २० आइतबार
sanjeev-poudel.jpg

पोखर । लायन्स क्लब अफ पोखरा डेस्टिनेशनको आयोजना तथा व्यवसाय प्रवर्द्धन केन्द्रको समन्वयमा कवि तथा समालोचक सञ्जीव पौडेलको एकल कविता वाचन सम्पन्न भएको छ । साे अवसरमा कवि तथा समालोचक पौडेलले दुई दर्जन कविता वाचन गरेका थिए।

पौडेलले कविताको रचनागर्भका बारेमा समेत प्रकाश पार्दै ‘रहर’, ‘पोखरा’, ‘सपनाको उचाई’, ‘बाटो’ ‘शिक्षा’, ‘बाटो’, ‘सम्बन्ध’, ‘लिस्नो’, ‘रुपान्तरण’, ‘पढाई’, ‘संविधान’, ‘अभियान’, ‘तिमी आएपछि...’, ‘जुन ओर्लेको रात’, ‘भोलि’, ‘जुनकिरी’ लगायतका दुइ दर्जन भन्दा बढी अत्यन्त गम्भीर भावका सशक्त कविता वाचन गरे ।

क्लब अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एमका गभर्नर चण्डीप्रसाद अर्याल सहभागी थिए ।

साथै डिष्ट्रिक्टका जिएसटी को-अर्डिनेटर जगन्नाथ तिमिल्सिना, डिपार्टमेन्ट हेड एवं क्लबका मानार्थ अध्यक्ष प्राडा सरास्वती न्यौपाने, क्लस्टर १ का प्रमुख लक्ष्मण तिमिल्सिना, व्यवसाय प्रवर्द्धन केन्द्र प्रमुख नवराज अधिकारी, पोखरा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल, डा. इश्वरमणि अधिकारी, दीपक समीप, प्राञ्जल, लक्ष्मण थापा, डा. चैतन्य, शिव त्रिपाठी, लक्ष्मी थापा, क्लबका पूर्वअध्यक्ष रामप्रसाद तिमिल्सिना, सन्तोष शर्मालगायत कार्यक्रममा सहभागी थिए ।

कवि प्राडा पौडेलले आफ्नै अत्यन्त प्रियजनसँग बसेर बौद्धिक व्यक्तित्वका बीच कवितावाचन गर्न पाएकोका खुशी व्यक्त गरे ।

कार्यक्रमका डिष्ट्रिक्ट गभर्नर अर्यालले लायन्स क्लबले समाजमा आइपर्ने सुख दुःखमा मात्र हैन भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा पनि काम गर्नुपर्छ भन्ने सोँचका साथ साहित्य क्षेत्रमा कलम चलाउने श्रष्टालाई समेटेर एकल वाचन गराउँदै आएकोमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाए ।

लायन्स क्लब अफ पोखरा डेस्टिनेशनका उपाध्यक्ष ई माधव कार्कीले स्वागत, सञ्चालन सचिव छवी पनेरुले तथा कार्यक्रमको संयोजन माधव खतिवडाले गरेका थिए । स्रस्टा परिचय क्लस्टर चिफ लक्ष्मण तिमिल्सिनाले गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ