arrow

राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशमा राउत नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २० आइतबार
prakashman-singh-raut-cj-81.jpg

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपतिले आज नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । 

संसदीय सुनुवाइ समितिले यही असोज १६ गते प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।

संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । 

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि यही असोज १९ गते सकिएपछि आज राष्ट्रपतिले प्रधानन्यायाधीशमा राउतलाई नियुक्त गरेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ