arrow

माछा मार्दा करेन्ट लागेर रामकुमारको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २० आइतबार
Jhapa-hamrakura.jpg.jpeg
फाइल तस्बिर

झापा । झापामा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं ८ सेन्टरटोलका ३८ वर्षीय रामकुमार गिरी रहेका छन् ।

विद्युतीय तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा गिरी गम्भीर घाइते भएका थिए । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला हस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ