arrow

काभा यू-२० च्याम्पियनशिपमा नेपाल उज्वेकिस्तानसँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २१ सोमबार
volleyball team nepal.jpg

काठमाडाैँ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । श्रीलङ्ककाको कोलम्बोमा सोमबार भएको खेलमा उज्वेकिस्तानसँग नेपाल ३-१ को सेटमा पराजित भएको हो ।

खेलमा पहिलो र दोस्रो सेट गुमाएको नेपालले तेस्रो सेट भने जितेको थियो । तेस्रो सेटको जितले खेलमा फर्कने संकेत गरेको नेपाल त्यसपछिको सेटमा पराजित हुन पुग्यो र अन्तत उज्वेकिस्तान विजयी भयो ।

नेपालले उज्वेकिस्तानसङ पहिलो सेट १९-२५ ले गुमायो भने खेलको दोस्रो सेट १४-२५ ले पराजित भयो ।

यस्तै नेपालले तेस्रो सेट २९-२७ ले आफ्नो पक्षमा पार्यो । तर, खेलको चौथो सेटमा नेपाल उज्वेकिस्तानसङ १५-२५ ले पछि पर्यो ।

प्रतियोगितामा नेपालको यो पहिलो हार हो । हिजो भएको पहिलो खेलमा नेपालले श्रीलङ्काविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको थियो । प्रतियोगितामा नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ