arrow

दशैँमा तरकारीले महँगिएको चुलो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
vegetable-kalimati-81-6-22-.jpg

काठमाडौँ । देशभर आएको बाढी पहिरो र चाडपर्वको आगमनसँगै उपत्यकामा अधिकांश तरकारीको मूल्य बढेको छ । गोलभेडा ठूलो (भारतीय) प्रतिकिलो १४० रुपैयाँ कायम गरिएको छ भने गोलभेँडा सानो (लोकल) प्रतिकिलो ९० रुपैयाँमा बिक्री भएको छ ।

त्यस्तैगरी आलु रातो प्रतिकिलो ८०, आलु रातो (भारतीय) प्रतिकिलो ५८ रुपैयाँ कायम गरिएको छ । त्यस्तैगरी प्याज सुकेको (भारतीय) प्रतिकिलो ११२ रुपैयाँ कायम गरिएको छ भने गाजर (लोकल)  प्रतिकिलो १५० रुपैयाँमा बिक्री भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

प्याजसहित गाजर, मुला, घिउ सिमी, तिते करेला तथा परवर केही सस्तिएको छ । तोरीको साग र पालुँगो साग केही महँगिएको छ । समितिका अनुसार आज स्थानीय काउली ९०, रातो मुला ५९, सेतो मुला २०, लाम्चो भन्टा ८०, डल्लो भन्टा ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

घिउ सिमी ९०, टाटे सिमी ९०, तिते करेला ९०, परवर ९०, चिचिन्डो ६०, घिरौंला १००, भिण्डी ७० प्रतिकिलोमा कारोबार भएको छ ।

उपभोक्ताले महँगोमा तरकारी किने पनि किसान भने पीडित छन् । बिचौलीले बिना लगानी पैसा हसुरिरहेको गुनासो व्याप्त छ । यद्यपि सरकारले कारबाही गर्न सकेको छैन । 

vegetable-kalimati-81-6-22 (1).jpg
vegetable-kalimati-81-6-22 (2).jpg
vegetable-kalimati-81-6-22 (3).jpg
vegetable-kalimati-81-6-22 (4).jpg
vegetable-kalimati-81-6-22 (5).jpg
vegetable-kalimati-81-6-22 (6).jpg
vegetable-kalimati-81-6-22 (7).jpg
vegetable-kalimati-81-6-22 (8).jpg
vegetable-kalimati-81-6-22 (9).jpg
vegetable-kalimati-81-6-22 (10).jpg
vegetable-kalimati-81-6-22 (11).jpg
vegetable-kalimati-81-6-22 (12).jpg
vegetable-kalimati-81-6-22 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ