arrow

बुधबारबाट कान्ति राजमार्ग पूर्ण रूपमा सञ्चालन हुने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
kanti-rajmarja.jpg

काठमाडौँ । मंगलबार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबरासहितको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको टोलीले सो ठाउँको अनुगमन गरेको हो । सो क्रममा कान्ति राजमार्गका इन्जिनियर सीताराम बुढाथोकीले सडक विभाग र नेपाली सेनाको सहयोगमा सडक खुलाउने काम भइरहेको र बुधबार बिहानसम्म पूर्ण रूपमा सडक सञ्चालन गरिसक्ने बताए । उनले असोज ११ गतेदेखि आएको वर्षा बाढी र पहिरोका कारण कान्ति राजमार्गमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिच क्षति हुँदा आवतजावतमा समस्या भएको बताए । बाढीका कारण पुल, सडक र पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरू र ८० टनको रेन्सफोर्समेण्टहरु पनि बगाएको बताए ।

उनले भने, ‘यो असोज ११ गतेदेखि आएको वर्षापछिको क्षति हो । यसमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिच क्षति भयो । सम्भवतः यो कुलेखानीको पानी पनि जोडिएर र अविरल वर्षाका कारण क्षति भएको हो । यसबाट पुल मात्रै क्षति भएन, कन्ट्याक्टरको एउटा नयाँ पुल सँगै डिजाइन एण्ड बिलको ठेक्का थियो, नयाँ पुलको । जुन ८२ मिटर लामो, ११ मिटर चौडाइको । त्यो पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरू र ८० टनको रेन्सफोर्समेण्टहरु पनि कन्ट्याक्टरको सबै बगाएर क्षति भएको छ । हामी हाल अस्थायी डाइभर्सनको रूपमा खोल्ने प्रयासमा छौँ । सडक विभाग र नेपाली सेनाको सहयोगमा लागिरहेका छौँ । आज तीन बजेसम्मको टार्गेट छ । केही समय लाग्छ । टिप्परले मेटिरियल बोकेर ल्याउन समस्या आएको छ । भोलि बिहानसम्म यो बाटो खोलिसक्छाँै ।’

त्यस्तै  जबराले आज आफूहरूले बागमती गाउँपालिका र कोन्जसुम गाउँपालिकाका केही बाटोहरू अवलोकन गरेको बताए । उनले सो क्रममा कान्ति लोक पथको पनि अवलोकन गरिएको र ललितपुर र मकवानपुर जिल्ला जोड्ने कान्ति लोक पथमा विशेष गरेर बगुवाको पुलमा आधा भन्दा बढी क्षति गरेकाले आवतजावत असहज भएको बताए । अहिले पुलमा साना सवारीहरू चलाउन सक्ने बनाइएको जानकारी दिनुभयो । टिकाभैरव, देवीचौर घुसेल क्षेत्रमा पनि यातायात सुचारु गर्न लागिएको बताए । दलचोकीसम्म सडक पुगेको र अब शंखुसम्म पुराउनुपर्ने काम बाँकी रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ