arrow

काभा भलिबलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २२ मंगलबार
volleyball team.jpg
फाइल तस्बिर

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू-२० च्याम्पियनशिपमा नेपाल विजयी भएको छ । 

श्रीलङ्काको कोलम्बोमा मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो ।

नेपालले माल्दिभ्सलाई पहिलो सेट २५-५, दोस्रो सेट २५-१२ तथा तेस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्यो ।

जितसँगै नेपालले तीन खेलमा ६ अङ्क जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । 

त्यस्तै दोस्रो खेलमा उज्वेकिस्तानसँग नेपाल ३-१ सेटमा पराजित भएको थियो । तीनै खेलमा पराजित माल्दिभ्स अङ्कविहिन छ ।

माल्दिभ्स यसअघि तुर्किमेनिस्तान र श्रीलङ्कासँग समान ३-० को सोझो सेटमा पराजित भएको थियो ।

विभिन्न ६ टोली सहभागी उक्त प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।

अब नेपालले असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ