arrow

निर्मला कुर्मीलाई न्याय माग्दा दशैँका बेलामा सात जना पक्राउ [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
nirmala-kurmi-justice-81-6-24 (12).jpg

काठमाडौँ । बडादशैँका बेलामा  पनि अधिकार माग्दै आएका सात जना पक्राउ परेका छन् । निर्मला कुर्मीलाई न्याय माग्दै ६३ दिनदेखि आन्दोलनरत नेपालगञ्जका मानव अधिकारकर्मी तथा नागरिकहरू गीता चमार, साँवरा रैदास, माक्रुन निशा दर्जी, बानी चमार, रुबी खान, ललितादेवी थारू, सकिना तेली गरी सात जना बबरमहलबाट प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त, सिंहदरबारमा राखेको छ।

लक्ष्मण श्रेष्ठ र पवन थापालाई बालुवाटारबाट (बाटोमा उभिइरहेको अवस्थामा) पक्राउ गरी प्रहरी वृत्त, मालिगाउँमा राखेको छ ।

लक्ष्मणहरूलाई अपराह्न ४ बजे पक्राउ गरेको हो ।

यसअघि दिउँसो ३ः३० बजे रुबी खान, ललितादेवी थारू, सकिना तेली तीन जनालाई बालुवाटार जाँदै गरेको बेला प्रहरीले पक्राउ गरेर साइबर ब्युरो पुऱ्याएको थियो ।
 

nirmala-kurmi-justice-81-6-24 (7).jpg
nirmala-kurmi-justice-81-6-24 (8).jpg
nirmala-kurmi-justice-81-6-24 (9).jpg
nirmala-kurmi-justice-81-6-24 (10).jpg
nirmala-kurmi-justice-81-6-24 (11).jpg
nirmala-kurmi-justice-81-6-24 (1).jpg
nirmala-kurmi-justice-81-6-24 (2).jpg
nirmala-kurmi-justice-81-6-24 (3).jpg
nirmala-kurmi-justice-81-6-24 (4).jpg
nirmala-kurmi-justice-81-6-24 (5).jpg
nirmala-kurmi-justice-81-6-24 (6).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ