arrow

भलिबलमा तुर्कमेनिस्तानलाई हराउँदै नेपाल फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २५ शुक्रबार
volleyball team nepal.jpg
फाइल तस्बिर

काठमाडाैँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू-२० च्याम्पियनशिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

श्रीलङ्काको कोलम्बोमा शुक्रबार भएको खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३-० सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । शुक्रबारको खेलमा नेपालले पहिलो सेट २५-१४, दोस्रो सेट २५-२१ र अन्तिम सेट २५-२० अङ्कले जितेको हो ।

जितसँगै नेपालले पाँच खेलबाट १० अङ्क जोडेको छ । यसअघि नेपालले श्रीलङ्का र माल्दिभ्सलाई समान ३-० सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३-१ र कीर्गिस्तानसँग ३-२ सेटमा हार बेहोरेको थियो ।

तुर्कमिनेस्तानले पाँच खेलबाट समान १० अङ्क नै जोडेको छ । उसले माल्दिभ्स र कीर्गिस्तानलाई समान ३-० तथा श्रीलङ्कालाई ३-१ को सेटमा पराजित गरेको थियो भने तुर्कमेनिस्तान उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजित भएको थियो ।

शनिबार नेपाल र उज्वेकिस्तानबीच फाइनल खेल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ