arrow

जापानी संस्था निहोन हिडान्क्योलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २६ शनिबार
the-nobel-peace-prize-2024.jpg

काठमाडौँ । नर्वेली नोबेल समितिले २०२४ को नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई दिने निर्णय गरेको छ । 

निहोन हिडान्क्योले हिरोसिमा र नागासाकीबाट पारमाणविक बम बाँचेकाहरूलाई सहयोग गर्ने संस्था हो । यसलाई हिबाकुशा पनि भनिन्छ । 

यस संस्थाले आणविक हतियारमुक्त संसार प्राप्त गर्ने प्रयासको लागि र आणविक हतियारहरू फेरि कहिल्यै प्रयोग गर्न नहुने प्रमाण प्रदर्शन गरेको भन्दै यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको नोबेल समितिले जानकारी दिएको छ । 

यसअघि साहित्यको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङलाई दिइएको छ भने विक्टर एम्ब्रोस र ग्यारी रुभकुन चिकित्साका लागि, जेफ्री ई. हिन्टन र जोन जे. होपफिल्डलाई भौतिक शास्त्रका लागि  र डेभिड बेकर, जोन जम्पर र डेमिस हसबिसलाई रसायनशास्त्रमा यस वर्षको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

नोबेल समितिले छनोट भएका देशका नागरिकलाई पुरस्कार दिने गरेको आरोप लागेको छ । त्यसैले यस पटक समितिले दायरा फराकिलो पार्दै दक्षिण कोरियाली लेखकलाई पुरस्कार दिएको छ । यो नोबेल पुरस्कार वितरण अक्टोबर १४ सम्म चल्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ