arrow

कालिका मन्दिरमा चार लाख दर्शनार्थी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २६ शनिबार
bagling-kalika-temple.jpg

बागलुङ । बागलुङको बागलुङ कालिका मन्दिरमा बडादशैँको अवधिमा चार लाख दर्शनार्थीले दर्शन गरेका छन् ।

घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले दर्शन तथा पूजाअर्चना गरेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

पछिल्लो समय कालिका मन्दिरको प्रचारसँगै दशैँमा घुम्न निस्कने धार्मिक पर्यटकले कालिका मन्दिरको दर्शन गरेका हुन् ।

गत चैते दशैँदेखि यस मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या अभिलेख गर्न थालिएको छ ।

कालिका मन्दिरमा दशैँ र चैते दशैँमा बढी दर्शनार्थी आउने गरेका छन् ।

बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार मुस्ताङ भ्रमणका लागि हिँडेका स्वदेशी तथा विदेशी पर्यटकसमेत कालिका मन्दिरमा आउन थालेपछि दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको हो ।

मन्दिरमा बलि दिने परम्परा बिस्तारै घटे पनि नरिवल चढाउने र दान गर्ने परम्परा बढेको छ ।

तीन सय वर्ष पुरानो कालिका मन्दिर स्थापना भएपछि नियमित पूजा भए पनि पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका कारण दर्शनार्थीको सङ्ख्या बढेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ